दफा ११
लुगा भत्ता
  (१) सरकारी काममा वा नेपाल सरकारको तर्फबाट कुनै समारोह, उत्सव, सम्मेलन आदिमा भागलिन नेपाल बाहिर जाँदा तीन वर्षमा एक पटक लुगा भत्ता बापत प्रमुख पदाधिकारीले चारहजार नौसय पचास रुपैयाँ र पदाधिकारीले चार हजार दुईसय रुपैयाँ पाउनेछन् । 
(२) उपदफा (१) बमोजिम नेपाल  बाहिर जाँदा संवैधानिक निकायका पदाधिकारीले आफ्नो श्रीमती वा श्रीमान समेत साथमा लैजाने स्वीकृति पाएमा श्रीमती वा श्रीमानको लागि आफ्नो एक महिनाको पारिश्रमिकको आधा रकम तीन वर्षमा एक पटक लुगा भत्ता बापत पाउनेछ ।